संदेश

इलां- चँदुवा एक सांस्कृतिक अंग

चित्र
  इलां- चँदुवा एक सांस्कृतिक अंग   हाम्रो सनातनी धर्म, संस्कृति र तान्त्रिक परम्परामा चँदुवाको विशेष र गहिरो महत्त्व छ, जसलाई निम्नलिखित बुँदाहरूबाट बुझ्न सकिन्छ: १. देवत्व र राजकीय सम्मानको प्रतीकप्राचीन कालदेखि नै छत्र (छाता) वा चँदुवालाई उच्च सम्मान र राजकीय वैभवको प्रतीक मानिन्छ।मन्दिर वा सिंहासनमाथि चँदुवा टाँग्नुको अर्थ भगवानलाई 'ब्रह्माण्डको सर्वोच्च राजा' को रूपमा श्रद्धा अर्पण गर्नु हो। २. आध्यात्मिक र तान्त्रिक संरक्षण (सुरक्षा कवच)आकाशीय ऊर्जाको नियमन: तान्त्रिक मान्यता अनुसार मन्दिरको गर्भगृह वा यज्ञमण्डपमा अत्यधिक सकारात्मक ऊर्जा उत्पन्न हुन्छ। चँदुवाले उक्त ऊर्जालाई बाहिर छरिन नदिई तलै केन्द्रित राख्न मद्दत गर्छ।पञ्चतत्वको प्रतिनिधित्व: चँदुवालाई प्रतिकात्मक रूपमा 'आकाश तत्व'  मानिन्छ, जसले मुनिको पवित्र क्षेत्रलाई सुरक्षित घेरा प्रदान गर्छ। ३. वास्तु र शुद्धता (भौतिक संरक्षण)फोहोरबाट बचावट: मन्दिरका पुराना निदाल वा दलिनबाट खस्ने धूलो, माटो, कीरा वा चराचुरुङ्गीको सुली सिधै भगवानको मूर्ति वा पूजा सामग्रीमा पर्न नदिन यसले ढालको काम गर्छ।वास्तु दोष निवारण:...

शक्ति उपासक नेवाः समुदाय: घर नै अष्टमातृका पीठ!

चित्र
  शक्ति उपासक नेवाः समुदाय: घर नै अष्टमातृका पीठ! पृष्ठभूमि :  नेवाः संस्कृति धर्म, दर्शन र व्यावहारिक जीवनको एउटा यस्तो अनुपम सङ्गम हो, जहाँ हरेक सांस्कृतिक क्रियाकलापभित्र गहिरो तान्त्रिक र आध्यात्मिक रहस्य लुकेको हुन्छ। शक्ति उपासना नेवाः समाजको मेरुदण्ड हो। विभिन्न मातृशक्तिहरूमध्ये अष्टमातृकागण (आठ देवीहरू) नेवाः संस्कार, संस्कृति र दैनिक विधि-व्यवहारसँग अति घनिष्ठ रूपमा जोडिएका छन्। नेवाः समाजमा एउटा सुन्दर र जीवन्त मान्यता छ। हरेक परम्परागत नेवाःहरूको घर केवल बस्ने थलो मात्र होइन, त्यो त साक्षात देवदेवीहरूको वासस्थान अर्थात् 'अष्टमातृका पीठ' नै हो। जहाँ अष्टमातृका गणसहित देवदेवीहरूको परिवार अदृश्य रूपमा निवास गर्छन्, त्यो घर स्वभावतः एउटा पवित्र पीठमा रूपान्तरण हुन्छ। नेवाः जेष्ठ नागरिकहरू र सांस्कृतिक जानकारहरूका अनुसार, घरभित्र प्रयोग हुने दैनिक घरेलु सामानहरू र घरको बुईँगलदेखि मूलढोकासम्मका भौतिक संरचनाहरूलाई विभिन्न देवीदेवताको प्रतीकका रूपमा पूजिने परम्परा छ। घरेलु सामान र संरचनामा देवदेवीको स्वरूप : परम्परागत नेवाः समाजको आस्था अनुसार घरका १३ प्रमुख वस्तु वा स्था...

मन्दिर प्रवेश गर्नु भन्दा पुर्व किन जुत्ता चप्पल बाहिरै खोलीन्छ ?

चित्र
  मन्दिर प्रवेश गर्नु भन्दा पुर्व किन जुत्ता चप्पल बाहिरै  खोलीन्छ   ?        कुनै पनि मठ मन्दिर प्रवेश गर्नुपूर्व सवैश्रद्धालु भक्तवनहरु आफुले लगाईराखेको  जुत्ता चप्पल बाहिरै खोलेर जान्छन् । त्यसरी धार्मिक स्थलमा प्रवेश गर्दा धर्ममा  आस्था भएर पवित्र धार्मिक स्थल अपवित्र गर्न हुन्न भन्ने धार्मिक चेतनाका कारण यसो गरेको भए पनि यसको वैज्ञानिक कारण पनि रहेको हुनु पर्छ । जुत्ता चप्पलमा राजसिक र तामसिक धातुहरूको प्रधानता हुन्छ । यस विषयका जानकाहरुको भनाई अनुसार  भूतत्व धातु पातालबाट आउने नकारात्मक ऊर्जालाई पृथ्वीको वातावरणमा मिसिनका लागि जुत्ता माध्यम बन्छ ।         मानिस स्वसरिर जहाँ गए पनि उसको पाउले नै डोर्‍याउँदै लगिन्छ ।   आफ्नो आवस्यकता अनुसार मानिस अपवित्र स्थहलहरु सौचालय तथा मसानघाट लगायत स्थानमा  जानु पर्ने हुन्छन् अथवा गएका हुन्छन् ।  त्यस्ता स्थानमा नकारात्मक उर्जा शक्तीहरु सकृय भईरहेका हुन्छन् । जसले गर्दा पाउकोष लगाउनेको जुत्ता चप्पलमा  अनि जुत्ता नलाउनेको पाउमा नकारात्मक उर्...

पूजास्थल र मन्दिर क्षेत्रमा फलाम प्रयोग गर्नु हुन्न !

 धर्म-संस्कृति पूजास्थल र मन्दिर क्षेत्रमा फलाम प्रयोग गर्नु हुन्न !         धार्मिक मान्यता अनुसार कर्म फल दाता शनिको कुदृष्टिबाट बच्न शनिदेवतालाई फलाम वा फलामबाट निर्मित कुनै पनि   साधन चढाएर पुुजा गर्ने परम्परा रहेको छ । यसरी फलाम चढाएर शनिदेवतालाई पूजा गर्ने शास्त्रीय परम्परा रहि आए तापनि  अन्य देवीदेवताहरुको पूजा अर्चना  गर्दा भने फलाम वा फलामबाट निर्मित कुनै साधन पूजास्थल नजिक समेत राख्नु हुन्न भन्ने धार्मिक तथा शास्त्रीय कथन रहि आएको छ । त्यसैले धार्मिक मान्यता अनुसार पूजा तथा पितृकार्यमा फलामका भाँडाको प्रयोग गर्न निषेध गरिएको छ ।         फलाम एक रसायनिक तत्व भएका कारण यस धातुमा खिया लाग्ने गर्छ । फलाम खिया लाग्ने धातु भएका कारण शुद्ध धातु मानिएको छैन ।  यही कारणले गर्दा पूजामा फलामका भाँडोको प्रयोग हुँदैन  ।  रसायनिक तत्व फलामा लाग्ने खिया मानव शरिरका लागि अति घाटक मानिन्छ । त्यसैले धार्मिक मान्यता अनुसार फलाम र फलाबाट निर्मित साधन पूजा स्थलमा मात्र हैन मठ मन्दिर देखि नै टाढा राख्ने निति हाम्रा पुर्...

कान्तिपुर सहरको संरक्षिका " अजिमा"

  कान्तिपुर सहरको संरक्षिका " अजिमा" पृष्ठभूमि          विश्वक‍ो विभिन्न  देशका जनताले आ-आफ्ने धर्म संस्कृति  अपनाइ आएको छ । जसले जोसुकै धर्म संस्कृतति अपनाउँदै आएको भएतापनि सबै समुदायले आ-आफ्नो धर्म, संस्कृति, जात वा समाज अनुकूलता धर्म संस्कृति र जातीय समुदायक‍ो पहिचान दिन्दै आएको छ । हुनत आजका भौतिक वादीले धर्मनै मान्दैनन् । भौतिक वादी कम्युनिस्टलेत घर्मलाई अफिमको नशानै मान्छन् । धर्मलाई नशा मान्नेहरूका भनाईमा यहाँ अलौकिक वा लौकिक देउतानै छैनन् । तर पनि उनिहरु आफ्ना दिवंगत अग्रज पथदर्शकहरुको संझना र सम्मानमा उनीहरुको जन्म दिनका दिन तस्बिरमा माल्यार्पन गरि जन्मजयन्ती   मनाउछन्।  यो पनि एक किसिमको पूजानै हो । यसरी हेर्ने होभने देवता नमान्नेले पनि फरक दृष्टिकोणले भएपनि धर्म संस्कृतिलाई मान्यता दिन्दै आएको मान्न सकिन्छ         प्राचीन काल देखिनै नेपालमा धर्म संस्कृति मान्ने मूल्यमान्यता  आफ्नै पृथक्ता छ । यहि पृथक धर्म संस्कृति र मूल्यमान्यताले विश्व सामु नेपालले आफुलाई चिनाई आएको...

ललितपुरका अष्टमातृका अजिमाहरु

चित्र
ललितपुर नगर भित्र रहेका अजिमा प्रधान मातृकाहरुलाई भने अजिमा नभनी मातृका बिराजमान रहेको ठाउँको नाउबाट माजु सम्बोन गर्दै आएको देखिन्छ । जस्तोकि - १. ब्रम्हायणी(ब्राम्ही)लाई नेख्खुमाजु, त्पस्तै नै २. माहेश्वरी (रुद्रायणी) पालिगलमाजु, ३. बालकुमारी (कौमारी) क्वाँछेंमाजु, ४. वैष्णवी) / नारायणी यप्पामाजु, ५.महालक्ष्मी थछेंमाजु, ६. वाराही/धनवन्तरी वाराही धंतलमाजु, ७. इन्द्रायणी (ऐन्द्री) लोँलगालमाजु र ८ . चामुण्डालाई सिकबहीमाजु भनी सम्बोधन गरि मान्यता दिई पुज्दै आएको पाईन्छ । यसरी ललितपुरमा कुनै पनि मातृकालाई अजिमा सम्बोधन गरि आएको पाइन्दैनन्।

भक्तपुरको अष्टमातृका अजिमाहरु

चित्र