कान्तिपुर सहरको संरक्षिका " अजिमा"
कान्तिपुर सहरको संरक्षिका " अजिमा"
पृष्ठभूमि
विश्वको विभिन्न देशका जनताले आ-आफ्ने धर्म संस्कृति अपनाइ आएको छ । जसले जोसुकै धर्म संस्कृतति अपनाउँदै आएको भएतापनि सबै समुदायले आ-आफ्नो धर्म, संस्कृति, जात वा समाज अनुकूलता धर्म संस्कृति र जातीय समुदायको पहिचान दिन्दै आएको छ । हुनत आजका भौतिक वादीले धर्मनै मान्दैनन् । भौतिक वादी कम्युनिस्टलेत घर्मलाई अफिमको नशानै मान्छन् । धर्मलाई नशा मान्नेहरूका भनाईमा यहाँ अलौकिक वा लौकिक देउतानै छैनन् । तर पनि उनिहरु आफ्ना दिवंगत अग्रज पथदर्शकहरुको संझना र सम्मानमा उनीहरुको जन्म दिनका दिन तस्बिरमा माल्यार्पन गरि जन्मजयन्ती मनाउछन्। यो पनि एक किसिमको पूजानै हो । यसरी हेर्ने होभने देवता नमान्नेले पनि फरक दृष्टिकोणले भएपनि धर्म संस्कृतिलाई मान्यता दिन्दै आएको मान्न सकिन्छ
प्राचीन काल देखिनै नेपालमा धर्म संस्कृति मान्ने मूल्यमान्यता आफ्नै पृथक्ता छ । यहि पृथक धर्म संस्कृति र मूल्यमान्यताले विश्व सामु नेपालले आफुलाई चिनाई आएको छ । प्राचीन नेपालको नेपालमण्डल भित्र मान्दै आएको धर्म संस्कृतिको विशेषता पनि आफ्नै पहिचानको छ । शैव शाक्त र बौद्ध धर्म सम्प्रदायका शक्ति पूजक तान्त्रिक लोकजनले पौराणिक देवी देवता भन्दा तान्त्रिक देवीदेवता मान्ने र पूज्ने गरेको पाइन्छ । यसरी यहाँ पौराणिक देवीदेवता भन्दा तान्त्रिक देवीदेवताको निकै ठूलो विशेष महत्व रहि आएको देखिन्छ । त्यसोत महादेव र नारायण लगायत अन्य पौराणिक देवदेवीहरुको पूजा मान्यनै नगर्ने गरेको भन्न भने मिल्दैन । किनकि सोमवार वा एकादशी तिथिमा पशुपति लगायत शिवालयमा गएर श्रद्धाभक्तीका साथ व्रतउपासना गरे जस्तै नारायणको समेत श्रद्धाभक्तीले पूजा अर्चना गर्छ नै । तथापि यहाँका लोकजनको जीवनमा जति तान्त्रिक देवीदेवताको जति निकटता छ त्यति महादेव र नारायणको छैनन् । यहाँका लोकजनको जीवनको संस्कार एवं पर्वहरुमा आगम र कुलदेवीदेवता एवं पिगं अजिमाहरुको अनिवार्य नै पूजा गर्नु् पर्ने हुन्छ । यसरी यहाँको लोकजनको जीवनमा अति निकट रहेका तान्त्रिक देवीदेवताहरु मध्यमा अजिमा पनि एक हुन् ।
अजिको परिभाषा र अर्थ -
प्राचीन नेपालमण्डलका शैव तथा बौद्धमार्गीहरुले पुज्दै आएका विशेषगरी तान्त्रिक देवीहरुलाई सम्बोधन गर्दै गरेको "अजिमा" का शाब्दिक अर्थका बारेमा नेपाली बृहत् शब्दकोषमा हेर्ने हो भने त्यसमा लेखिए अनुसार " नेवार संस्कृति अन्तर्गत बालरोग पन्छाउनका निम्ति पूजा गरिने, काठमाण्डौको स्वयम्भू स्तूपको देब्रेपट्टि रहेकी मन्दिरकी देवी, शैवमार्गीहरुका बिच मातङ्गी नामले प्रख्यात देवी " भनी उल्लेखित गरिएको पाइन्छ । " मातङ्गीको" शब्दका बारेमा पुनः सोही शब्दकोष भित्रै अर्थ खोज्ने क्रममा त्यसको शाब्दिक अर्थहरुमा १. दस महाबिद्याको एक (तन्त्र), २. चाण्डाल जाती वा व्यक्तिकी स्त्री, ३. वसिष्ठकी पत्नी र ४. पार्वती भन्ने उल्लखित गरिएका छन् ।
तर हामीले त्यो " अजिमा " शब्दलाई चिरफार गरेर नेवार समाजको लोक मान्यता एवं लोकाचारमा हेर्ने हो भने पारस्परिक नाता सम्बन्धको नाता साइनो शब्द "अजि" र " माँ" शब्द जोडिएको वा समायोजन भएर "अजिमा" शब्द बनेको प्रष्ट देखिन्छ । नेवार समाजको "अजिको" शाब्दिक अर्थमा घर परिवारको बुरीबज्यै र त्यस्तैनै " माँ" को शाब्दिक अर्थ आमा भन्ने प्रष्ट हुन्छ । त्यस्तै नै अर्को लोकमान्यता अनुसार पहिला पहिला अहिले जस्तो अस्पताल र प्रसूतिगृह नभएको समयमा गर्भवती महिलाहरु लाई प्रत्सव अवस्थामा शिशु जन्माउन सहयोग गर्ने प्रत्सव सम्बन्धि ज्ञान भएका अनुभवी तथा सहयोगी महिलालाई पनि " अजि" भन्ने गर्थ्यो । अजिलाई नेवार समाजको कहिंकतै "दिरिअजि" पनि भन्ने गरिएको देखिन्छ । यसरी अजिमाको सरलरुपमा परिभाषा दिनु पर्दा अजिमा बालबालीका तथा शिशु संग सम्बन्धित रहेको तथा बाल रक्षक मातृका भन्ने देखिन्छ ।
सामाजिक तथा धार्मिक एवं सांस्कृतिक मान्यता -
नेवार समुदाय भित्र बढि प्रचलि रहे भएको
अजिमा शब्दलाई यसरी हेर्ने हो भने अजिमा भन्नाले नेवाः समुदायले आ-आफ्नो बालबच्चा लगायत परिवार तथा गाउँ ठाउँ र देशको रक्षा गर्ने मातृका हो भनेर आफ्नै बुरी बज्यैका रुपमा अजिमा भनी संज्ञा दिएर मान्दै आएको प्रस्त देखिन्छ ।
कान्तिपुर शहरको विभिन्न दिशा बिदिशाहरुमा छरिएर रहेका पिगं(पिठ)मा नपर्नेअजिमा र पिगं(पिठ) अजिमाहरु (मातृकाहरु)को शास्त्रीय नाम आदि दृष्टिले फरक फरक रहेतापनि यहाँका अलिबलि सहित तान्त्रिक पूजा ग्रहण गर्ने विशेष देवीहरुलाई यहाँका रैथानेहरुले " अजिमा " को संज्ञाबाट पुकार्दै मान्दै आएका छन् । अजिमा भनी सम्बोधन गरि आएका आजिमाहरुमा यहाँका विभिन्न ठूलासाना चाडपर्व समयमा तथा आफ्नो संस्कारहरुमा आ-आफ्ना इलाकाका पिगं (अष्टमातृका पिठहरु)मा पिठ पूजाआजा गर्दै मान्दै आएका पिगं (पिठ) देवीहरुका साथै पिगंमा नपरेका तर यहाँका समाजको बालरक्षकका रुपमा एवं सामाजिक संस्कार र व्यक्तिगत घट्नाका लेखाजोखा राख्ने स्थानीय अधिकारी देवीका रुपमा समेत मान्दै पूज्दै आई रहेका अन्य तान्त्रिक देवीसमेतलाई अजिमा भनी सम्बोधन गरी आएको देखिन्छन् ।
यक्ष तथा चाण्डाल दुष्कर्मी स्वभाव कुलका देवीहरु समेत लाई अजिमा मान्यता -
बालरक्षकका रुपमा पूज्दै अजिमाका रुपमा मान्दै आएका विशेष मातृकाहरुमा शास्त्रगत देवकुलका देवीहरु मात्र नभएर केही मातृकाहरु देवकुल भन्दा बाहिरका यक्ष तथा चाण्डाल दुष्कर्मी स्वभाव कुलका मातृकाहरु समेतलाई बालरक्षक तथा मानव कल्याणमा लागेका देवीहरुलाई अजिमा सम्बोधन गर्दै सामाजिक तथा धार्मिक एवं सांस्कतृक मान्यता राख्दै आएको पाइन्छ । यक्ष तथा चाण्डाल दुष्कर्मी स्वभाव कुलका देवीहरुलाई अजिमा मान्यता दिई सम्बोधन गरि पुज्दै आएका मातृकाहरुको नाम लिनु पर्दा स्वयम्भूको हारती अजिमा र थमेल भगवान बहालको मूल ढोकाको बायाँ तर्फ रहेको सानो मन्दिरमा बिराजमान रहेकी जातीका अजिमालाई लिन सकिन्छ ।
महायक्षणी हारती जगतमाता अजिमाका रुपमा कसरी स्थापित हुन गए भन्ने आख्यान -
स्वयम्भूको हारती अजिमाको आख्यान अनुसार यक्ष कुलकी हारती भगवान बुद्धले उद्वार गरि जगतमाताका रुपमा प्रति स्थापित हुनु भन्दा अघि सम्म पनि मानवका बालबच्चा हरण गरी मासभक्षण गर्ने गर्थें ।
स्वयम्भू पुराणअनुसार करिब ५०० छोराछोरीका आमा हारती महायक्षणी थिइन् । उनी मानव बस्तीहरूमा गई दिनहुँ ५०० बच्चाहरूको हरण गर्दै मासभक्षण गर्दै मानिसहरूलाई दु:ख दिईरहन्थे, हाहाकार मचाई रहन्थे, आमाबुबा तथा परिवारजनहरूलाई रुवाई रहन्थे । एकदिन, शाक्यमुनि सिद्धार्थ बुद्धले हारती महायक्षणीको एउटी प्राण प्यारी छोरीलाई पिण्डपात्रले छोपेर लुकाई दिए । आफ्नी प्राणप्यारी छोरी हराएपछि हारती महायक्षणी विरह हुँदै भौतारिन्दै रुन्दै यताउता खोज्दै हिँडे । समुन्द्र नै धमिलो पार्दै तिनै भुवनमा भौतारिन्दै खोज्दै हिँडे । यिनी यसरी दु:खि हुँदै भौतारिन्दै खोज्दै हिड्दा पनि कहिं कतै नभेटेपछि अन्ततः बुद्धको शरणमा गएर बिलाप गर्न थाले । उनको यो अवस्था हेरिरहेको बुद्धले उनलाई भने तिम्रो त्यतिका सन्तान हुनेले एउटी छोरी हराउँदा यति दुःखित हुन पुगि भने अरु मानवका एउटै मात्र भएका सन्तान पनि तिमीले हरण गरी खाएका छन् । ति मानवहरुलाई कति दुःख पर्यो होला तिमी आफै विचार गर भन्दै सम्झाउँदै पिण्ड पात्र उचालेर उनको छोरीलाई अगाडि राखी दिए ।
बुद्धले दिएको उपदेशबाट प्रभावित हुँदै महायक्षणी हारतीले पनि आईन्दा कहिले पनि अरुको छोराछोरीलाई हरण नगर्ने बरु सबैलाई माया गर्ने वचन भगवान बुद्धलाई दिएर मानव मासभक्षण गर्ने प्रवृद्धिनै त्याग गरे । यसरी महायक्षणी हारती बाल रक्षिका तथा जगतमाता अजिमा रुपमा स्थापित हुन गए ।
तिब्बती यक्षणी कसरी जातीका अजिमाका रुपमा स्थापित भए भन्ने आख्यान -
नवौ बुद्धका अवतार मानिने सिंहशार्थबाहुको प्रेमीकारुपमा रहेका लसिं आफ्नो मानव प्रेमिलाई अन्य लसिैहरुले जस्तै मायामोह देखाएर तिब्बतबाट भागेर गएकालाई फर्काउन नसेकेको कारणले सबैको हेलाको पात्र भएर ल्हासा देशमा बस्न नसके पछि उनी सिंहशार्थबाहु राजाको दरबार सम्मनै आई पुगेर आफू राजाको पत्नि भएको दावि गर्दै पत्नीको मान्यता पाउन न्याए मागे छन् । सिंहशार्थबाहु एक न्याएयीक राजा भएकाले ती लसिंको मागलाई नकार्न नसकिए तापनि एउटी मानव भक्ष स्त्रीलाई दबार भित्र राख्नु पनि उचित नभएकाले ल्हासाबाट आएकी आफ्नो लसिं प्रेमिलाई भने । यदि तिमी साँचैनै मलाई प्रेम गर्छौ भने तिमिले आफ्नो जन्मकुलको स्वभावलाई त्याग्नु पर्नेछ, अनि मात्र तिमी मेरो पत्नीका रुपमा यहाँ बस्न पाउने छन् भनेर उस्को हृृदय नै परिवर्तन हुनेगरी सम्झाउनु भएछन् । लसिंले पनि आफु ल्हासा फिर्ता जान सक्ने स्थिति नभए पछि राजाको कुरालाई स्विकार गर्दै अब उपरान्त मानव भक्षक नभई मानवको रक्षा गर्ने रक्षक भएर सिंहशार्थबाहुले जहाँ मलाई पत्निको रुपमा राख्छ त्यहाँ बस्न तयार रहेको भन्दै आफू परिवर्तन भएका प्रमाण दिए छन् ।
लसिंका रुपमा रहेकी आफ्नो प्रेमिले अब उपरान्त मानव भक्षक नबन्ने कबोल सहित हृदयनै परिवर्तन भएको विस्वास दिलाए पछि सिंहशार्थबाहुले आजबाट तिमी मेरो पत्निका रुपमा मेरै दरबारको प्रवेश द्वारसंगे बसेर लोकको अजिमा भएर सबै लोकजनबाट पुजेर बस्नु भनेर त्यहा प्रतिस्थापित गरीएको भन्ने छ आख्यान । उनै तिब्बती लसिं पछी जातीका अजिमा भनी प्रख्यात भएर गइन ।
केही ब्यक्तिका भनाईमा यक्षयक्षणी वा लाखेलसिं मानवभक्ष नभएको भन्ने भनाई -
यहाँका लोकजनको प्राचीन मान्यतामा , यक्षयक्षणी वा लाखेलसिं भनेको सूनचाँदीको जरीले कार्चोप भरेको तास कपडा बुनाइमा निपुण भएका समुदाय भन्ने कथन समेत भएको देखिएको छ । त्यस्तै केही बौद्ध धर्म अध्ययन कर्ताको मतमा समेत पनि उनीहरु मानवभक्षक नभई तातकालिन अवस्थाका अति धनाध्य समुदाय रहेको भन्ने अध्ययनबाट देखिएको भन्ने समेत रहेकाछन् ।
अजिमा प्रधान देवीहरुलाई स्थान क्षेत्र अनुसार फरक सम्बोधन -
नेपालमण्डलको प्राचीन प्रमुख शहरहरु कान्तिपुर, भक्तपुर र ललितपुरमा रहेका अजिमा प्रधान तर शास्त्रीय नाम आदि दृष्टिले फरक फरक रहेका मातृकाहरुलाई फरक फरक स्थानीय नामले अजिमा भनी सम्बोधन गर्ने लोकमान्यतामा रहेेको छ । तान्त्रिक रुपमा पूजा मान्य भई आएका यहाँका मातृका अजिमाहरुको शास्त्रीय नामले सम्बोधन नगरिकन कतिपयको मातृका विराजमान रहेको स्थानको नामबाट वा मातृकाको किम्बदन्ती संग जोडेर नामकरण गरि अजिमा भनि मानि आएको हो भन्ने अजिमाको नामैबाट प्रस्तनै देखिन्छ । तर कतिपय तान्त्रिक अजिमाहरुको लोक मान्य नामको अर्थनै बुझ्न सक्ने स्थिति अहिले देख्न सकिरहेका छैनन् ।
तान्त्रिक अजिमाहरुको नाम शास्त्रीय अनुसार नराख्नुको कारण गोप्यता राख्ननै हो -
शास्त्रीय मातृकाहरुको नामसंग केही पनि सम्बन्घ नभईकन आफ्नै स्थानीय तरिकाले नाम राखेर देवीदेवता स्थापना गरेर पूजामान्य गरिराख्नु नेपालमण्डल वासीहरुको विशेषता नै मान्नु पर्छ । यसरी स्थानीय तरिकाले तान्त्रिक देवीदेवताहरुको नाम राख्नुको मूल कारण भनेको गोप्यता कायम राख्ने प्रयास गर्नु नै हो । किनकी यहाँका अधिकांस तान्त्रिक देवीदेवताहरु टोल, नगर र देशकै सुरक्षाका लागि तान्त्रिक रुपमा स्थापना गरिएका हुन् । सुरक्षाका विषय भन्दासाथ संवेदनशील कुरा भईहाल्यो । तान्त्रिक सुरक्षा घरेमा रहेका अजिमाहरुको वास्तविक परिचय खुलाई राखेमा बाहिरिया वा शत्रु पक्षले तान्त्रिक देदीलाई तान्त्रिक विधि अपनाई रिझाएर नेपालमण्डल र यहाँका लोकजनलाई नोक्सान गर्न सक्ने सम्भावना भएरनै अजिमाहरुको वास्तविक परिचयलाई गोप्य राख्ने गरेको देखिन्छ ।
अन्य शहरमा भन्दा कान्तिपुरमा अजिमा बढीनै मान्यता रहेको देखिन्छ -
अजिमा प्रधान मातृकाहरुलाई अजिमा सम्बोधन गर्ने लोकमान्यता नेपालमण्डलको प्रमुख तीन शहरहरु कान्तिपुर, ललितपुर र भक्तपुर भन्दा कान्तिपुर नगरमा बढी नै मान्यता रहेको पाईन्छ । कन्तिपुर नगरभित्रका अधिकांश विशेष तान्त्रिक देवीहरुलाई अजिमा सम्बोधन गरि आएको आज सम्म पनि कायमै छ । भक्तपुरको कुरा गर्ने हो भने आजको अवस्था सम्म आई पुग्दा त्यहाँ रहेका विशेष अजिमा प्रधान देवीहरु १. ब्रम्हायणी(ब्राम्ही) वाता अजिमा,२. माहेश्वरी (रुद्रायणी)बाता अजिमा, ३. कुमारी(कौमारी)पसिं अजिमा, ४.भद्रकाली(वैष्णवी)(नारायणी खुसिं अजिमा/ नकिंजु, ५. महालक्ष्मी भोती अजिमा, ६.वाराही याकति अजिमा, ७. इन्द्रायणी (ऐन्द्री) इलमा अजिमा र ८. महाकाली (चामुण्डा)मसां अजिमा मध्यमा वाराही देवीलाई मात्र वाराही अजिमा वा याकती/याक्ति अजिमा भनी सम्बोधन गरि आएको देखिन्छ । बाँकी अन्य मातृकाहरुलाई अहिले शास्त्रीय नामहरु बाटै सम्बोधन गरि मानि आएको पाइन्छ ।
त्यस्तै नै ललितपुर नगर भित्र रहेका अजिमा प्रधान मातृकाहरुलाई भने अजिमा नभनी मातृका बिराजमान रहेको ठाउँको नाउबाट माजु सम्बोन गर्दै आएको देखिन्छ । जस्तोकि -
१. ब्रम्हायणी(ब्राम्ही)लाई नेख्खुमाजु, त्पस्तै नै २. माहेश्वरी (रुद्रायणी) पालिगलमाजु, ३. बालकुमारी (कौमारी) क्वाँछेंमाजु, ४. वैष्णवी) / नारायणी यप्पामाजु, ५.महालक्ष्मी थछेंमाजु, ६. वाराही/धनवन्तरी वाराही धंतलमाजु, ७. इन्द्रायणी (ऐन्द्री) लोँलगालमाजु र ८ . चामुण्डालाई सिकबहीमाजु भनी सम्बोधन गरि मान्यता दिई पुज्दै आएको पाईन्छ । यसरी ललितपुरमा कुनै पनि मातृकालाई अजिमा सम्बोधन गरि आएको पाइन्दैनन्।
अन्य शहरमा भन्दा कान्तिपुरमा अजिमा बढीनै मान्यता रहेको देखिए जस्तै नै अन्य शहरमा भन्दा यहाँ बढी नै अजिमा र पिगं( पिठ) अजिमाहरु रहेको देखिन्छ -
प्राचीन नेपालमण्डलको कान्तिपुरमा अहिले सम्म देखिन आएका पिगंमा परेका र पिगंमा नपरेका गरि जम्मा ६० तान्त्रिक देवीहरुलाई अजिमा भनी सम्बोधन गरि मानी आएको देखिएको छ । अलिबलि पूजा ग्रहण गर्ने विशेष तान्त्रिक अजिमा प्रधान देवीहरु मध्य पिगं( पिठ) अजिमा ३९ छन् भन पिगं(पिठ) मा नपरेका २१ अजिमाहरु रहेको देखिएको छ ।
पिगं(पिठ)मा परेका ३९ अजिमाहरु निम्न अनुसार रहेका छन् -
१. लुमधी अजिमा(भद्रकाली)-टुंडिखेल
२. कंग अजिमा( चामुण्डा) - कंकेश्वरी
३. म्हयपी अजिमा( ज्ञानेश्वरी-योगाम्बर)- म्हयपी
४. मैती अजिमा( पञ्चकुमारी- मैती
५. ङ्यतमरु(ङ्यतभुलु )अजिमा (स्वयतकाली)- नरदेवी
६. वत्सला अजिमा ( वत्सलेश्वरी)- पशुपती
७. लुतिमरु अजिमा( इन्द्रायणी)- ढल्को
८. टकटी अजिमा( निलवाराही) - टंकेश्वर { उपरोक्त अष्मातृकाहरु कलिगत सम्वत ३८२७ मा राजा जुणकामदेवले कान्तिपुर नगरलाई खड्गाकार अष्टकातृकाको घेराले सुरक्षा गर्न स्थापना गराएको भन्ने वंशावलीमा लेखिएको छ}
९. कुलांभुलु( कुलांमरु) अजिमा( रक्तकाली) - कुलांमरु त्यङ्घः
१०. भमूलु अजिमा - कुनांटोल कमलाक्षी
११. लुचुभुलु अजिमा(भद्रकाली) - केलटोल
१२. वटुभद्रकाली अजिमा - वटु ( यसको छुट्टै पिठ छैनन् टुंडखेल लुमधी अजिमाको पिठनै लनिने गरेको छ)
१३. हाकु अजिमा( कुमारी) - यटखा चोखाछें गल्ली, पूर्व मन्त्री भूवनमानको घर कम्पाउण्डमा
१४. साम्हा अजिमा( चुलिं अजिमा) ( पासान चामुण्डा - ठमेल समसारा बुटिक कम्पाउण्ड भित्र
१५. फुसिंख्य अजिमा/मनमैजु अजिमा( इन्द्रायणी मनमैजु तारकेश्वरनपा
१६. फुसिंख्य अजिमा( इन्द्रायणी)- ठमेला भगवान बहालको उत्तर पूर्व सडकको अलि भित्र
१७. पोर्पा अजिमा(चामुण्डा)- पोर्पाजङ्गल, सामले, रानीवारी
१८. नकिं अजिमा( नै अजिमा- पचली अजिमा)- पचली भैरब पिठमै
१९. ख्वना अजिमा( सिद्धिकाली) - पचलीबाट राजतिर्थ सानेपा जाने।बाटो छेउ
२०.कुलः अजिमा(कुलेश्वर अिमा)- कुलेश्वर महादेव रहेको स्थान
२१. कल्खु अजिमा( बालकुमारी- कलंकी माई) न्हेपंखा( कलंकी).( काठमाण्डौ उपत्यकाको पिगं( शक्ति ) पिठहरु मध्यमा बढी देविदेवता रहेको देखिएको पिठ
२२. चन्द्रलखु अजिमा - हिटिपुखु नक्साल क्षेत्रको चल्खु भन्ने ठाउँ जहाँ पछि कीर्तिमन्दिर’ नामक भव्य अनि सुन्दर दरबार भत्काएर नायणहटी राजदरबार निर्माण भए पछि राजदरबार क्षेत्रभित्र पर्न गयो ।
२३. चन्द्रलखु अजिमा ? - हिटीपुखुको( नारायणहिटी पोखरीको) उत्तर तर्फरहेको नाराण मन्दिर प्राङ्गणमा रहेको कौमारी
?( हाल सम्म यो कुमारीलाई पनि चन्द्रलखु अजिमानै भन्छ भन्ने पुस्ति भएको छैन)
२४. तुसिमरु अजिमा ( स्वयटकाली) - बालुवाटार
२५. त्वरद्यः अजिमा( तुदाल देवी)- बालुवाटार
२६. जमः अजिमा( भद्रकाली) - जमल, राष्ट्रिय नाचघरको ढोका संगै
२७. पासिक्व अजिमा - तिनधारा पाठशाला बाट कमलपोखरी जाने।बाटोमा
२८. कमलादी अजिमा(कमारी)- कमलादी गणेश मन्दिर भित्र
२९. फिब्व अजिमा( कुमारी) - सैनिक मुख्यालयबाट माईतिघर मण्यला फिब्वख्यः जाने पुरानो बाटोमा
३०. द्वला अजिमा(कुमारी) - राष्ट्र बैंकको ढोकाको बायाँ तर्फ माथि उचाईमा
३१. छक्कु बक्कु अजिमा( छक्कु बक्कु भगवती) - नयाँबानेश्वर अन्तर्राष्ट्रिय भवनको बायाँ सडक भित्र
३२. घन्यवन्तरीअजिमा( धनन्तरी वाराही) - हाडीगाउँ
३३. द्वय अजिमा( दुई अजिमा) - खुल्लामञ्चको ढोकाको दायाँ रत्नपार्क
३४. पिङ्गला अजिमा ? ( बज्रेश्वरी)- तिलगङ्गा पशुपति
३५. पिगं अजिमा - इनबहाल
३६. पिगं अजिमा - ( इन्द्रायणी) - किलाघः रहेकोस्थान किलाघः
३७. पिगं अजिमा (नवदुर्गा) - गंगाहिटी चाबहिल
३८. पिगं अजिमा - मागः( मालीगाउँ) र
३९. पिगं अजिमा - सुन्धारा
पिगं(पिठ)मा नपरेका २० अजिमाहरु निम्न अनुसार रहेका छन् प्राचीन नेपालमण्डलको कान्तिपुरमा अहिले सम्म देखिन आएकाअजिमाहरु प्राचीन नेपालमण्डलको कान्तिपुरनगर भित्र अहिले सम्म देखिन आएका पिगंमा परेका र पिगंमा नपरेका गरि जम्मा ६० तान्त्रिक देवीहरुलाई अजिमा भनी सम्बोधन गरि मानी आएको देखिएको छ । अलिबलि पूजा ग्रहण गर्ने विशेष तान्त्रिक अजिमा प्रधान देवीहरु मध्य पिगं( पिठ) अजिमा ३९ छन् भन पिगं(पिठ) मा नपरेका २१ अजिमाहरु रहेको देखिएको छ । हामीले कतिपय अजिमाको नाम र स्थान नै बिस्रिसकेका छौ। पिगं(पिठ)मा नपरेका २० अजिमाहरु निम्न अनुसार रहेका छन् - १. असंभुलु अजिमा( अन्नपूर्ण) - असन २. ज्वाला अजिमा( ज्वाला माई) - त्यर ३. न्हेकंतल्ला अजिमा(उग्रतारा) - न्हेकंतल्ला ४. अरिंचा अजिमा - चिकंमूगल दबुकोपश्चिम कुनामा जहाँ अहिले टेलिफोनको बक्स रहेको छ , हाल यहाँ अजिमको कुनै अस्तित्व देखिन्दनन् ५. बाबरी अजिमा( खुसिं अजिमा) - वण्डे स्थित पचिमह्र जात्रामा जात्रा गरीएने नाय्खिबाजामा सिद्ध भईरहेका गणेश( रुद्रविणायणको देवगृह संगै रहेको सानो टहरामा रहेने गरेको पचिपह्र जात्राको समयमा वन्देबाट टेकु वरालो झर्ने वकालोमा राखेर पूजा गर्ने परम्परा रहेको भन्ने सुनिन्छ तर हालको स्थितिको जानकारी चाहिं छैन।। ६. हारती अजिमा - स्वयम्भू ७. जातीका अजिमा - ठमेल भगवान बहालको उत्तपूर्व सडक भन्दा पश्चिम भित्र ८. हारती अजिमा - श्रीघः ९. बिज्यासः अजिमा( बिजेश्वरी) १०. - चुलीं अजिमा( चुनी अजिमा) चुनदेवी - बिजेश्वरी मन्दिर पछाडि उत्तर तर्फ अलित तल ११. श्री महामाया अजिमा - कर्णदिप स्वभाभगवती १२. चुलीं माजु अजिमा - ताहाचल क्पाम्पस संगै छाउनी जानेबाटोमा १३. आजुअजिमा ( गन्धुरीदेवी) - खुसीबही ताहाचल टंकेश्वरी १४. स्वकिं अजिमा - टकटी अजिमा पिठ संगै टंकेश्वर १५. प्याथ्व अजिमा( सितलामाई) - बाईसधारा उद्यान बालाजु १६. प्राचीन अजिमा (छसकामुनी- हारती माता) बौद्धस्तुप संगै उत्तर तर्फ १७. म्वम्वता अजिमा( ममता अजिमा) भाटभटेनी ,हाडीगाउँ १८. योगाम्बर अजिमा( म्हयपि अजिमा) -कुटुबहाः पिङ्गलाबिहार चाबहिल १९. माछिन्द्र अजिमा ताहाचल ? टोलको नाम नै मच्छिन्द्र अजिमा राखिएको देखिन्छ तर त्यहाँ कुनै अजिमा छ भन्ने अस्तित्व मात्र हैन कसैलाई जानकारी।समेत छैनन तर,त्यहाँ ए लोकेश्वर मच्छिन्द्रनाथको प्रचाीन जस्तो देखिने प्रस्तर मूर्ति भने छ । कालीमाटी १३ वडा कार्यालय अगाडिको बाटो भएर उत्तर तर्फको सानो गोरेटो गल्ली भएर ताहाचल टंकेश्वर कुमारी गल्ली निस्कने बाटोको सानो गोरेटो गल्लीलाई मच्छिन्द्र अजिमा गल्ली भन्दो रहेछ । २०. स्वाहा अजिमा( स्वाहा / स्वभा भगवती) ? २१. छ्वास अजिमा - हरेक टोलको आ-आफ्नै इलाका छ्वास अजिमा (सामाजिक संस्कार र व्यक्तिगत घट्नाका लेखाजोखा राख्ने काम छ्वास अजिमा र कलःगाः देवताले स्थानीय अधिकारीका,रुपमा काम गर्छन् भन्ने मान्यता छ। परम्परागत नेवाः बस्तीको हरेक टोटोलमा आ-आफ्नै इलाका थान गणेश, छ्वास अजिमा, कलगाः, क्षेत्रपाल भैरब तथा पिगंरहेको हुन्छ । काठमाण्डौ महा नगर सिमाना भित्रका अजिमा संज्ञामा नपरेका प्रमुख देवीहरु - १. संकटमोचन भगवती थँबही(ठमेलमार्ग), २. पलाँचोक भगवती भौकेब मरुढोका, ३. पलाँचोकभगवती लगन ग्वफल, ४. पलाँचोक भगवती चिकंमू, ५. बज्रयोगिनी चिकंमू, ६. नवदुर्गा मचली मतुली टेकु, ७. दक्षिणकाली त्रिदेवी ठमेल, ८. कामारकामक्ष त्रिदेवी ठमेल, ९. ज्वालामाइ त्रिदेवी ठमेल, १०. महालक्ष्मी जनसेवा जुद्धसडक, ११. गुह्येश्वरी जनसेवा जुद्धसडक, १२. पुरानो गुह्येश्वरी फुलवारी गोलढुङ्गा, १३. गुह्येश्वरीश्लेष्मान्तक वनको पाशुपाट क्षेत्र देवपतन पशुपति, १४. साकुना माजु(निलसरस्वती) नक्शाल, १५. नक्शाल भगवती नक्शाल, १६. थँहिटी स्वभा भगवती थँहिटी, १७. कुसां( कुन्साँ) भगवती जैसिदेगल ह्यूमत, १८. स्वभा( स्वाहा)भगवती बिष्णुमती,स्वाहा)भगवती बिष्णुमती, १९. निलबाराही हनुमानढोका, २०. संकटा देवी(स्त्रि पूरुष रुपमा रहने) टेबहाल, २१. जयबागेश्वरी(ग्वल) (-), २२. भुवनेश्वरी देवपत्तन(ग्वल) पशुपति, २३. राजराजेश्वरी भष्मेश्वरीघाट देवपत्तन(ग्वल) पशुपति, २४. मनमानेश्वरी भपानी टङ्गाल हारेगाउँ, २५. सम्रातेश्वरौ भवानौ भष्मेश्वरीघाट देवपतन पशुपति, २६. तारणी भवानी मखन, २७. दिगु तलेजु हनुमानढोका, २८. कँडेलचोक भगवती हनुमानढोका, २९. मसानकाली हनुमानढोका, ३०. तलेजु भवानी हनुमानढोका, ३१. बाघदरवार तलेजु भवानी बाघदरवार ३२. कालीकादेवी कालिकाथान डिल्लीबजार र ३३. त्रिपुरासुन्दरी भष्मेश्वरीघाट देवत्तन(ग्वल) पशुपति ३४. गंगामाता आर्यघाट (ग्वल) देवत्तन पशुपति ३५. देवपत्तन आमलकोट तलेजु(ग्वल) जयबागेश्वरी देवत्तन, ३६. मनकामना देवी शेषमान्तबन गोरक्षपीठ देवत्तन(ग्वल) पशुपति ,३७. सेतोमच्छिन्द्रनाथ(जनबाद्यः)को आमा( माजु सिमा) लगन, ३८. धुम्बाराही ..., ३९. बशुंन्धरामाँ( बसुपु माजु)(बशुंन्धरादेवी) स्वयम्भू, ४०. असंन बालकुमारी असन, ४१. . उग्रचण्डी(तमःद्यः) कैलासचौउर (धोविचौउर) लाजिपम्पाट, नारायणहटी दवार उत्तर ढोका ४२. शिवपार्वती( तारकेश्वर महादेव) मन्दिर भित्ररका नवदुर्गा योगीनीहरु(..१.श्री मंगलादेवी, २. पिंगलादेवी, ३. धान्यादेवी, ४. भ्रामिणी देवी, ५. उल्कादेवी, ६. सिद्धादेवी, ७. संकटादेवी र ९ विकटादेवी समेत नवदुर्गा योगिणीहरु हुन् । तर देगलको मूलदेवता भने तारकेश्वर महादेव हुन् ।),४३ मोहनकाली( दक्षिणकाली) मोहनकाली चोक , हनुमानढोका दवार भित्र, र ४४ त्रिपुरासुन्दरी हनुमानढोका दरवार भित्र ?, ४५. द्वयमाजु हनुमान ढोका दरवार भित्र र ४६. क्वंचा माजु पकनाजल गणेश, ४७. स्वभा भगवती थँहिटी-क्वाबहाः, ठमेलमार्ग र ४८. क्वचा माजु पकनाजल, ४९. जिवित देवी श्री कुमारी माजु कुमारीघर बशन्तपुर आदि प्रमुख देवीहरु समेत रहेका देखिन्छ ।
पिगं( पिठ) -
तान्त्रिक देवीदेवताहरुको पूरा गणहरु बास भएको स्थललाई पिगं( पिठ) भन्ने मान्यता कान्तिपुर नगर भित्र रहृको छ । यहाँको लोकमानयता अनुसार पिगं नै शक्ति पिठ हुन् ।
पिगं( शक्ति पिठ) रहने स्थान -
यहाँका लोकजनको मान्यता अनुसार पिगं प्राचीन बस्ती भन्दा बाहिर जहाँ मसानघाट, खोलानाला, जलासय ,दोबाटोर चोबाटो खरी वा पिपलको रुख रहेको स्थानमा र रहने ।
पिगं( शक्ति पिठ)को देवीदेवता गणहरुमा हुने गणपूरक देवीगणहरु -
१. गणेश
२. सिहिनी
३. ब्याघिनी
४. भैरब
५. भैरब
६. कुमार
आठमातृकाहरु
७. ब्रम्हायणी( ब्राम्ही)
८. माहेश्वरी( रुद्रायणी)
९. कुमारी( कौमारी)
१०. वैष्णवी( भद्रकाली)(नारायणी)
११. वाराही
१२. इन्द्रायणी(एन्द्री)
१३. चामुण्डा( महाकाली)
१४. महालक्ष्मी समेत ।
पिगं ( शक्ति पिठ) को मुल देवीको नामबाट पिगंको नाम कायम -
पिगंहरुमा विराजमान रहेका आठ मातृका मध्यका एक मातृकालाई मूख्य देवीका रुपमालिएका हुन्छन् । त्यही मुख्य देवीलाई स्थानीय ठाउँको नामबाट अथवा मुख्य देवीसंग जोडिएको किंवदन्ती अनुसार पिगंको नाम राखिएका हुन्छन् । कतिपय पिगंको मुख्य देवीको नाम लोकजनले बिर्सेिसकेका देखिन्छन् भने कतिपय अजिमाहरुको मौलिक नाम हटाएर नयाँ नाम राखिएको समेत देखिएको अवस्था छ । नयाँ नयाँ मानिसहरुको आगमन र आयातित संस्कारका कारण यहाँका मौलिकता हराउँदै गएका छन् । त्यस्तै यहाँका पिगंको स्थानिय मौलिक नामहरु समेत लोप हुँदै गएको अवस्था छ । यसरी लोप हुँदै गएका मौलिकता लाई जोगाई भोलीका सन्ततिलाई सुम्पनु हाम्रो दायित्व नै हो ।
~०~
टिप्पणियाँ
एक टिप्पणी भेजें